Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सेन्साई को दशैं तिहार योजना बजारमा सार्वजनिक

सेन्साई को दशैं तिहार योजना बजारमा सार्वजनिक

आर्थिक पत्र
आइतवार, आश्विन १४ २०८०
  • काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैं तिहार २०८० लाई लक्षित गर्दै यो दशै-तिहार, हरेक दिन टिभी उपहार नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले यो योजनाको लाभ भाद्र २७ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन् ।

    यो योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिद पश्चात लक्की ड्र मार्फत ४० दिन सम्म ४० भाग्यशाली ग्राहकहरुले प्रत्येक दिन  सेन्साईको २४ इन्चको टिभी उपहार जित्न सक्नेछन्। सेन्साईका ग्राहकहरुले आफुलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फोर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्नेछ। कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।

    त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले सिजि लोयल्टी क्लबको रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५५ सम्म छुट पाउनु सक्नु हुनेछन् । यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com  मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।

    नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण  नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार