Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

सामसङले ल्यायो 'रमाइलो दसैं-तिहार, मायाले भरौ घर परिवार' अफर

सामसङले ल्यायो 'रमाइलो दसैं-तिहार, मायाले भरौ घर परिवार' अफर

आर्थिक पत्र
मंगलवार, आश्विन १६ २०८०
  • सामसङ नेपालले आगामी दसैं–तिहारको अवसरमा 'रमाइलो दसैं तिहार, मायाले भरौं घर परिवार' शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ।

    images

    ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ। जसमा उत्तिकै आकर्षक क्यासब्याक अफरका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन्।

    टिभीको अरबौं रङ्गहरू, क्युएलइडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरू उत्तिकै आकर्षक अफरका साथ आफ्नो घरमा ल्याउन सक्छन्। ग्राहकहरूले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने छन्।

    होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्नेछन्।

    ग्राहकहरूले दसैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलइडी टिभी खरिद गर्दा ४१ हजार ६९० रुपैयाँको बि४५० साउण्डबार सित्तैमा पाउने छन्।

    सन् २०२० को ग्लोबल मार्केट सेयर (चीन बाहेक), ओम्डिया स्टडी जुन २०२१ अनुसार विश्वमा ग्लोबल नम्बर १ रेफ्रिजरेटर ब्रान्डको स्थान प्राप्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार