Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट

सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट

आर्थिक पत्र
बिहिवार, आश्विन १८ २०८०
  • काठमाडौं । इलेक्ट्रिक होम अप्लाईन्सको मार्केट लिडर सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको एआई बेस च्याटवटको सुरुवात गरेको छ। यो आधुनिक एआई बेस च्याटवटले सिजी इलेक्ट्रोनिक्स ब्रान्ड संग ग्राहकहरुको सम्बन्ध र विश्वासलाइ सहज र सन्तोषजनक अनुभव सुनिश्चित गर्दै नयाँ उचाईमा पुराउने कम्पनीको दावी रहेको छ ।

    ग्राहकहरु संगको सम्बन्धलाइ झन्  प्रगाढ बनाउन विभिन्न मध्यममा  एकैसाथ एआई बेस च्याटवट लन्च गरेको छ, कुराकानी सुरु गर्न निम्न लिक़ प्रयोग गर्न सकिन्छ ।

    ह्वाट्सएप, भाईबरवेभमेसेन्जर

    सिजी  इलेक्ट्रोनिक्सका ब्रान्ड एण्ड मार्केटिङ हेड गौरब हमाल यो उल्लेखनीय सुरुवातको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भन्छन्, 'हामी दृढ विश्वास गर्दछौं कि एआई बेस च्याट वट  असाधारण ग्राहक सेवामा  एक समृद्ध डिजिटलाइजेसनको आधारशिला हो। सिजी इलेक्स एआई बेस च्याटवटको परिचयसँगै, हामी हाम्रा ग्राहकहरूलाई अझ छिटो,सुलभ र थप सेवाहरू प्रदान गर्न पाउँदा अत्यन्त खुसी छौं। यो सुविधाजनक संलग्नताको नतिजा ग्राहकको  किनमेल अनुभवमा नवीनता  प्रदान गर्नको लागी एक महत्वपूर्ण छलांग चिन्ह हो ।' यो एआई बेस च्याटवट वाट ग्राहकहरुले बिभिन्न प्रकारका सुविधाहरु प्राप्त गर्न सक्ने छन्  ।

    -प्रोडक्ट जानकारी तथा सोधपुछ:  ग्राहक हरुले सिजी इलेक्ट्रोनिक्सका ब्रान्डका सम्पूर्ण प्रोडक्ट को सम्पूर्ण जानकारी जुनसुकै समयमा पनि सोधपुछ गर्न र खरिद सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने छन् ।
    - लेटेस्ट अफर : ग्राहकहरुले लेटेस्ट अफरको बारेमा जानकारी हासिल गर्न सक्नेछन् जसबाट ग्राहकहरुले सुलभ मुल्यमा आवस्यक सामग्री खरिद गर्न सक्ने छन् ।
    -रियल टाइम अर्डर स्टाटस :  सहज रूपमा ग्राहकहरुले अर्डर वास्तविक(समयमा ट्र्याक गर्न सक्ने छन् साथै  वितरण प्रक्रियामा पारदर्शिता र मानसिक शान्ति प्रदान हुनेछ भन्नेमा कम्पनीको विश्वास रहेको छ ।
    -रियल टाइम कस्टूमर कम्प्लेन स्टाटस:  ग्राहकहरुको कुनै पनि  गुनासोहरूको स्थिति जाँच गरि पारदर्शिता र समयमै समाधान सुनिश्चित भएर  समस्यालाई तुरुन्तै समाधान हुने छ ।

    -रियल टाइम कस्टूमर कम्प्लेन रजिस्ट्रेसन:  उजुरी दर्ता प्रक्रियालाई सरल र सुव्यवस्थित बनाई समस्या समाधानको लागि वास्तविक-समयमा टिकटहरू प्राप्त गर्न छन् ।
    -प्रोडक्ट रजिस्ट्रेसन:  ग्राहक हरुले सहज ढंगबाट वारेन्टी र अफर सहित खरिदको लागि प्रोडक्ट रजिस्ट्रेसन गर्न सक्ने छन् ।
    - विशेष अफरहरु : अधिकतम बचत सहित विभिन्न अफरमा ग्राहक हरुले खरिद गर्न सक्ने छन ।
    -लाइभ एजेन्ट सपोर्ट : विशेषज्ञ सहायताको लागि हाम्रा समर्पित लाइभ एजेन्टहरूसँग जडान कुरा गर्न सकिने छ, खरिद अगि र खरिद पछि चाहिने सम्पूर्ण सहायोगका लागि लाइभ सपोर्ट एजेन्ट उपलब्द हुनेछन् ।
    - डाइरेक्ट  प्रश्न:  सीधै प्रश्नहरू सोध्नन  र तुरुन्त जवाफहरू प्राप्त गर्न सकिनेछ , बिक्री र बिक्री पछि सेवाहरूसँग सम्बन्धित कुनै पनि समस्याहरू द्रुत रूपमा समाधान हुने छ।
    -ईएमआई जानकारी:  हाम्रो सुविधाजनक  ईएमआई मासिक किस्ता भुक्तानी विकल्पहरूको बारेमा विस्तृत जानकारीका लागि पनि प्रयोग गर्न सकिने छ ।
    -एक्सचेन्ज सम्बन्धि जानकारी :  झन्झटरहित एक्सचेन्ज प्रक्रियाको बारेमा ग्राहक हरुले च्याटवट बाट जानकारी लिन सक्ने छन् ।
    सिजी  इलेक्ट्रोनिक्स डिजिटल इ कमर्स ल्यान्डस्केपको अग्रभागमा उभिएको छ, लामो समय देखि उच्चस्तरीय उत्पादनहरूको विस्तृत श्रृंखला प्रदान गर्दै र असाधारण ग्राहक सेवा प्रदान गर्दै आएको छ । नवीनता र अटल ग्राहक सन्तुष्टि को लागी प्रतिबद्ध, सिजी  इलेक्ट्रोनिक्सले नयाँ तथा नविन उत्पादन पस्किदै आइरहेको छ ।

    सिजी  इलेक्ट्रोनिक्स एलजी, सिजी, बेको सेन्सेइ, गेदरेज, मेदिया, क्रोमटन, एलिका, ब्ल्याक प्लस डेकोरलगायत धेरै प्रख्यात ब्रान्डहरूको उत्पादक तथा आधिकारिक वितरक हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार