Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

सामसङ योजनाअन्तर्गत ९ जनाले जिते स्कुटर

सामसङ योजनाअन्तर्गत ९ जनाले जिते स्कुटर

आर्थिक पत्र
मंगलवार, आश्विन २३ २०८०
  • सामसङ नेपालले 'सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !' योजनाको विजेता घोषणा गरेको छ।

    images

    यस योजनाअन्तर्गत ९ जना भाग्यशाली विजेताहरूले ९ वटा १२५ सिसीको टिभिएस स्कुटर जितेका छन्।

    विजेताहरूलाई असोज २ गतेदेखि असोज १५ गतेसम्मको प्रवर्द्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको हो।

    हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले ग्राहकका लागि दसैं कन्सुमर प्रमोसन योजना सुरू गरेको बताएको छ।

    हालसम्म ९ जना विजेताहरूले नौ वटा टिभिएस १२५ सिसिको स्कुटर जितेका छन्।

    विजेताहरू ललितपुरको कुमारीपाटीकी लिला गमाल र भक्तपुरकी जेनी भलान्दोले आफ्नो स्कुटर दाबी समेत गरिसकेका कम्पनीको भनाइ छ। 

    उनीहरू ५ असोज र ७ असोजका विजेता हुन्। लिलाले ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ ५जी मोबाइल खरिद गरेकी थिइन् भने जेनीले भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए२४ मोबाइल खरिद गरेकी थिइन्।

    कात्तिक ३ गतेसम्म लागु हुने यस योजनामा अझै पनि १३ वटा स्कुटर भाग्यशाली ग्राहकले जित्न सक्ने मौका बाँकी नै रहेको कम्पनीले बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार