Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ अफर सार्वजनिक

‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ अफर सार्वजनिक

आर्थिक पत्र
मंगलवार, आश्विन २३ २०८०
  • काठमाडौं । नेपालको एक प्रतिष्ठित र पूरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले दशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ । जसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ ।   

    यस योजना अन्तर्गत बम्पर उपहारमा ३ जनाले हिसेन्स ब्राण्डको मल्टि डोर रेफ्रीजिरेटर, ५० इन्चको टिभी र वाशिङ्ग मेसिन पाउनेछन्  । त्यस्तै अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् । यो योजना दूध बाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुनेछ ।

    असाध्यै रुचाइएको सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरु ग्राहकहरु माझ निरन्तर उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरु ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च गुणस्तरको प्याकेजिङ्गका साथ बजारमा उपलब्ध छ ।    

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार