Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सेल्सवेरीको ३०औं वार्षिकोत्सवमा आकर्षक अफर

सेल्सवेरीको ३०औं वार्षिकोत्सवमा आकर्षक अफर

आर्थिक पत्र
बुधवार, कार्तिक १ २०८०
  • काठमाडौं । नेपालीहरुको महान पर्व दसैंको अवसर तथा कम्पनीको ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ ।

    यो अफर सेल्सवेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ । घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले विस्वास लिएको छ । क्यास ब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको बताइएको छ ।

    वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।

    हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने व्यवस्थसमेत सेल्सवेरीले मिलाएको छ । त्यसैगरी सेल्सवेरीले काठमाडौंको महारागञ्जमा नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ । स्थापनाको ३०औं वार्षिकोत्सवको सन्दर्भ र दसैंको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याउन सफल भएको हो ।

    अत्याधुनिक सुविधा सम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँ पनको झझल्को दिन सेल्सवेरी सफल भएको प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङगले जानकारी दिए । ‘यो भवन सपिङमा नयाँ गन्तव्यका रुपमा विकसित हुनेछ,’ उनले भने, ‘नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण हामीले दिदैछौं ।’

    ग्राहकले ग्रोसरी, घरायसी, इलेक्ट्रोनिक्स लगायत सम्पूर्ण सामानहरु एकै भवनबाट ग्राहकले खरिद गर्न सक्नेछन् । साथै निकट भविष्यमा रुफटप रेष्टुरेन्ट, स्विमिङ पुल, ज्याकुजी, स्पा, रेडिमेट गार्मेन्ट्स, फर्निचर लगायत होम डेकोरका सामानहरु समेत कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार