Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दशैंमा खानेपानी संस्थानकाे उपहार नि:शुल्क खानेपानी

दशैंमा खानेपानी संस्थानकाे उपहार नि:शुल्क खानेपानी

आर्थिक पत्र
शनिवार, कार्तिक ४ २०८०
  • महाेत्तरी । बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ ।

    चाडपर्वको अवसर पारेर महिनाभरी  नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो ।

    उपभोक्तासँग उठाएको १ महिनाको पैसा उपभोक्तालाई पानी नि:शुल्क प्रदान गरेर  फिर्ता गरिएको खानेपानी संस्थानका अध्यक्ष भुलन सेनले जानकारी दिए ।

    कात्तिक ५ गते देखि मंसिर ५ गतेसम्म लागु हुने गरि त्यस्को व्यवस्थापन मिलाईएको छ । दशै, तिहार र छठ पर्वलाई मध्यनजर गरि नि:शुल्क पानी दिने योजनाअनुसार यो घोषणा गरिएको कोषाध्यक्ष शंकर फुयाँलले बताए ।

    नि:शुल्क पानी पाईयो भन्दैमा त्यस्को दुरुपयोग नगर्न भने खानेपानी संस्थानले सचेत गराएको छ तर निर्धारित समयावधि भित्र निर्धक्क भएर पानीको उपभोग गर्न सकिने उपभोक्ता समितिले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार