Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आन्तरिक विमान स्थलमा यात्रुको भिड

आन्तरिक विमान स्थलमा यात्रुको भिड

आर्थिक पत्र
शुक्रवार, कार्तिक १० २०८०
  • काठमाडौं । दशैंमा घर फर्किनेको भिड विमान स्थलहरुमा पनि बढेको छ । दशैंका लागि काठमाडौंबाट केहि दिनका लागि बाहिरिएका काठमाडौं उपत्यकामा हिजोदेखि भित्रिनेको संख्या बढेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज मात्र आन्तरिकतर्फ २ सय ६९ वटा उडान भएका छन् । सामान्य अवस्थामा २ सय ४० वटा हुने गरेका थिए । सबैभन्दा बढी उडान पोखरा र विराटनगरबाट काठमाडौंका लागि भएका छन् ।

    वायुसेवा प्रदायक संस्थाहरुले यात्रुको चापलाई मध्यनजर गरी अहिले उडान थप गरेका हुन् । एउटा मात्र धावन मार्ग हुँदा विहान र बेलुका हवाई चाप धान्नै कठीन भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार