Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अर्ना बियरले टी२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने

अर्ना बियरले टी२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने

आर्थिक पत्र
सोमवार, कार्तिक १३ २०८०
  • काठमाडौं । अर्ना वियरले टी२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।

    अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

    त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

    अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार