Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

विद्युतीय व्यापार विधेयकको मस्यौदा प्रतिवेदन समितिबाट पारित

विद्युतीय व्यापार विधेयकको मस्यौदा प्रतिवेदन समितिबाट पारित

आर्थिक पत्र
बुधवार, कार्तिक १५ २०८०
  • काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले उक्त मस्यौदा प्रतिवेदन पारित गरेको र राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रस्तुत गरिने समिति सभापति जयन्ती राईले जानकारी दिईन् । 

    राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि समितिमा दफावार छलफल भइसकेको छ । सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवद्र्धन गर्न विद्युतीय व्यापार ऐनको प्रस्ताव गरेको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार