Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई ५ बोरासम्म चिनी उपलब्ध गराउँदै

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई ५ बोरासम्म चिनी उपलब्ध गराउँदै

आर्थिक पत्र
सोमवार, कार्तिक २० २०८०
  • काठमाडौं। तिहारमा चिनीको अभाव कम गर्न साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा व्यापारीहरुलाई चिनी बिक्री सुरु गरेको छ। 

    कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेश कुमार झाका अनुसार हिजोदेखि खुद्रा व्यापारी र मिठाइ पसलहरुलाई चिनी उपलब्ध गराउन थालिएको हो। खुद्रा ब्यापारीहरुलाई ५० किलोका पाँच बोरासम्म चिनी बिक्रीवितरण भइरहेको कर्पेरेशनले जनाएको छ।

    त्यसका लागि व्यवसाय दर्ताको सक्कल प्रमाणपत्र र प्यान÷भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि, पसल रहेको स्थान र मुख्य व्यक्तिको नाम तथा सम्पर्क नम्बर आवश्यक पर्ने छ। उनीहरुलाई कर्पोरेशको कार्यालय कालिमाटीबाट प्रतिकेजी १ सय १२ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरिएको विभागीय प्रबन्धक झाले बताए। उनका अनुसार उनीहरुले उपभोक्तालाई बढीमा १ सय १८ रुपैयाँ केजीमा सुलभ तरिकाले चिनी उपलब्ध गराउनुपर्नेछ। 

    दैनिक रुपमा चिनी खरिद गरेर लाने पसलको विवरण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने कर्पोरेशनले जनाएको छ। व्यक्तिगत प्रयोजनका लागि भने कर्पोरेसनले प्रतिकेजी ९७ रुपैयाँमा बढीमा २ केजीका दरले चिनी उपलब्ध गराइरहेको विभागीय प्रबन्धक झाले बताए। उनका अनुसार तिहारलाई लक्षित गरी एभरेष्ट चिनी मिलसँग एक हजार टन चिनी खरिद गरी बिक्रीवितरण थालिएको हो। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार