Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

‘ग्यालेक्सी एस२३ एफ इ’ नेपाली बजारमा, किस्तामा पनि खरिद गर्न सकिने

‘ग्यालेक्सी एस२३ एफ इ’ नेपाली बजारमा, किस्तामा पनि खरिद गर्न सकिने

आर्थिक पत्र
मंगलवार, मंसिर ५ २०८०
  • काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ‘ग्यालेक्सी एस२३ एफ इ’ नेपाल भित्र्याएको छ । ‘एस२३ एफ इ’ सर्वश्रेष्ठ विशेषताहरुका साथ पूर्ण रुपमा सुसज्जित छ र गेमिङ्गमा रुची राख्नेहरुका लागि यसले शक्तिशाली कार्य सम्पादन प्रस्तुत गर्नेछ ।  

    यस ‘ग्यालेक्सी एस२३ एफ इ’ मोबाइल यही २० नोभेम्बरदेखि नेपालभर सामसङको आधिकारिक स्टोरहरुबाट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । ग्यालेक्सी एस२३ एफ इमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लीकर डिस्प्लेको लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइन छ । यसमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ ।    

    ‘ग्यालेक्सी एस२३ एफ इ’ मा प्रो–ग्रेड क्यामराको विशेषताहरु छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरु र फोटोहरु खिच्दछ । जुन आजसम्म कै सबैभन्दा ठूलो क्यामरा हो । यसको पछाडी प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ ।  
    ‘ग्यालेक्सी एस२३ एफ इ’ प्रभावकारी ८ जिबि र्याम र २५६ जिबिको स्टोरेजमा उपलब्ध छ । मिन्ट र ग्रेफाइट रङ्गहरुमा पाइने ग्यालेक्सी एस२३ एफ इ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध हुनेछ । यो मोबाइलको मुल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

    ‘ग्यालेक्सी एस२३ एफ इ’ शुन्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक चार हजार तीन सय किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफ इलाई आफ्नो बनाउन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार