Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कृषि विकास बैंकमा रोजगारीको अवसर

कृषि विकास बैंकमा रोजगारीको अवसर

आर्थिक पत्र
शुक्रवार, आषाढ २४ २०७९
  • काठमाडौं। कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रशासनतर्फ शाखा प्रमुखमा पाँच, व्यवसाय अधिकृत ४७, कम्प्युटर अधिकृत १७, सिभिल इन्जिनियर तीन, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाका लागि आवेदन खुला गरेको छ ।  

    यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक पाँच, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकन्छ । दरखास्त १२ साउनसम्म अनलाइनबाटै दिन सकिनेछ । यता, १९ साउनसम्म भने दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार