Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी

आर्थिक पत्र
मंगलवार, आषाढ २८ २०७९
  • काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फका सहायकदेखि वरिष्ठ प्रबन्धक पद सहित ५८ जना कर्मचारीको माग गरेको हो ।

    कोषले सहायक पदका लागि २४ जना, सहायक प्रबन्धकका लागि २३ जनाको माग गरेको छ । साथै सव इन्जिनियर प्रमुख सहायक र सहायक प्रबन्धक १,१ जनाको माग गरेको छ । साथै कोषले उपप्रबन्धकका लागि ३ जना, प्रबन्धक २ जना र वरिष्ठ प्रबन्धक एक जना सहित ५८ जना कर्मचारीको माग गरेको छ ।

    कोषका अनुसार सूचना जारी भएको २१ दिनभित्र इच्छुक एवम योग्यता आवेदकले आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार