Logo

Nov 05 2026

Nov 05 2026 | २०८३ कार्तिक २० गते

images

काठमाडौं महानगरको ज्यादती : ब्यक्तिको जग्गामा डोजर लगाईयो !

काठमाडौं महानगरको ज्यादती : ब्यक्तिको जग्गामा डोजर लगाईयो !

आर्थिक पत्र
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्यक्तिगत जग्गामा जबरदस्ती डोजर लगाई दिएको छ । 

    images

    वडा नं. ८ को गुहेश्वरी स्थित साविक कित्ता नंं. १९६ र १९७ भित्र पर्ने जग्गामा जग्गा धनीले लगाएको तारबारलाई महानगरले डोजर लगाएर भत्काई दिएको हो । 

    उक्त जग्गाको धनी विद्यापती उपाध्याय हुन । उपाध्याय मोही रहेको उक्त जग्गाको भोक चलन साविकमा पिता विद्यापती उपाध्याय र पछी उनका छोरा राम प्रसाद उपाध्यायले गर्दै आएका थिए ।

    उपाध्यायको हक लाक्ने उक्त जग्गा उनको नाममा दर्ता नगरी सरकारले आफ्नै नाममा दर्ता गरेको थियो । यस कार्यको विरुद्धमा उपाध्याय अदालत गएका थिए ।

    उपाध्यायले २०६२ सालमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । रिट नं. २६३४ रहेको मुद्दा २०६३ असार १३ गते फैसला भएको छ । न्यायाधीसहरु राजेन्द्र कुमार भण्डारी र गौरी ढकालको संयुक्त इजलासले रिट निवेदक उपाध्यायको पक्षमा आदेश गरेको छ ।

    यसरी उपाध्यायको हक कायम हुने भनी सर्वोच्च अदालतले फैसला गरेकोको उक्त जग्गामा उपाध्यायले लगाएको तारबारलाई काठमाडौं महानगरपालिकाले भत्काई दिएको छ । यसमा उपाध्यायको कानुनी वारिश कृष्ण प्रसाद जती महानगरले ज्यादती गरेको बताउँछन ।  

    यस बारेमा महानगरपालिकाको प्रतिक्रिया लिन ८ नम्बर वडाको सचिव सत्यदेव पण्डितलाई सम्पर्क गर्दा सुरुमा उनले यस बारेमा आफुलाई केही थाहा नभएको बताए । तर पछि उक्त जग्गाको तारबार महानगरको केन्द्रबाटै आएको टोलीले हटाएको र आफु हेर्न मात्र गएको बताए । साथै उनले यस बारेमा थप बुझ्न वडा अध्यक्षलाई सम्पर्क गर्न भने । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार