Logo

Nov 04 2026

Nov 04 2026 | २०८३ कार्तिक १९ गते

images

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११’ अभियानका लागि सहकार्य, २० प्रतिशतसम्म छुटको व्यवस्था

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११’ अभियानका लागि सहकार्य, २० प्रतिशतसम्म छुटको व्यवस्था

आर्थिक पत्र
बुधवार, कार्तिक १९ २०८३
  • काठमाडौं। ग्राहकहरूको आवश्यकता, सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंक र अनलाइन सपिङ प्लेटफर्म दराज नेपालबिच ‘११.११’ अभियानका लागि सहकार्य भएको छ। यस सहकार्यअन्तर्गत बैंकका ग्राहकहरूलाई विशेष अफर तथा छुटका लाभहरू प्रदान गरिने भएको छ।

    images

    विश्वव्यापी रूपमा मनाइने ११.११ अभियानमार्फत आफ्ना डिजिटल बैंकिङ सुविधाहरूलाई थप विस्तार गर्ने नीतिअनुरूप बैंकले दराजसँग सहकार्य गरेको हो। यो योजना २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ।

    यस अवधिमा महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले दराजमार्फत सामान खरिद गर्दा आकर्षक छुट पाउनेछन्। बैंकका अनुसार:

    डेबिट कार्ड प्रयोगकर्ता: भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १,५०० रुपैयाँसम्म छुट।

    क्रेडिट कार्ड प्रयोगकर्ता: भुक्तानी गर्दा खरिद रकममा २० प्रतिशत वा अधिकतम २,००० रुपैयाँसम्म छुट।

    छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले दराज एप वा वेबसाइटबाट भौचर संकलन गर्नुपर्नेछ। यो योजना अवधिभर ‘पहिले आउनेलाई पहिलो प्राथमिकता’का आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ।

    यस्ता सम्झौताले ग्राहकहरूसँग डिजिटल रूपमा जोडिन, भुक्तानी प्रक्रियालाई सुरक्षित एवम् सहज बनाउन र डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि बढाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

    उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउन्जसहितको अत्याधुनिक ‘डिजिटल हब’समेत सञ्चालनमा ल्याएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार