Logo

Nov 05 2026

Nov 05 2026 | २०८३ कार्तिक २० गते

images

करिब चार लाख बराबरको लत्ताकपडा बरामद

करिब चार लाख बराबरको लत्ताकपडा बरामद

आर्थिक पत्र
बिहिवार, भाद्र २० २०८१
  • सुनसरी । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–४ मेहता टोलबाट भाद्र १९ गते करीव ४ लाख ४२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।

    images

    सोही ठाउँ बस्ने सुनिल मेहताको घरमा अबैध रुपमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बिओपी साहेवगंज, नेपाल प्रहरी र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले लत्ताकपडा बरामद गरेको हो ।

    बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार