Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

भैरहवा उडान गर्ने सर्तमा थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा

भैरहवा उडान गर्ने सर्तमा थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा

आर्थिक पत्र
शुक्रवार, कार्तिक १६ २०८१
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ ।

    images

    प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरेको हो । 

    थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएकोमा कार्तिक ११ गते उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएको थाई एयर एशियालाई प्राधिकरणले प्रतिबन्ध लगाएको थियो ।

    थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको छ । सोही अनुसार कार्तिक १८ गतेदेखि भैरहवामा उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार