Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एउटा सर्पका कारण जापानका १० हजार घर विद्युत विहीन

एउटा सर्पका कारण जापानका १० हजार घर विद्युत विहीन

आर्थिक पत्र
आइतवार, श्रावण १ २०७९
  • टोकियो, १ साउन

    जापानका करिब १०,००० घरहरू विद्युत्विहीन भएका छन् ।  विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो ।

    न्युजविकका अनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए । सो दिन जापानमा अत्यधिक तापमान बढेको थियो । तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अन्वेषकहरूले लोडसेडिङको  कारण पत्ता लगाउन सफल भए । सवस्टेसनभित्र सर्पको अवशेष फेला परेका थियो ।

    अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूले घटनाबारे पत्ता लगाउँदा सर्प जलिरहेको थियो । सर्पलाई करेन्ट लागेको थियो । जसका कारण धुवाँको मुस्लो निस्किएको थियो । धुवाँ निस्केपछि ६ ओटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका थिए ।

    सुरक्षाका कारण तत्काल बत्ति बन्द भएको थियो ।  १० हजार घरले प्रयोग गरेको उक्त वत्ति पुनः आउन झन्डै एक घन्टा लागेको थियो । लोडसेडिङका कारण पंखा र एसी चलाउन नपाउँदा आफूले पसल बन्द गर्नुपरेको एक नाइले बताएका छन् । सर्पको समाचारले त्यहाँका बासिन्दाहरूमा पनि धेरै चासो जगाएको जापान टुडेले जनाएको छ । सर्पले सहरको बिजुली अस्तव्यस्त बनाउन कसरी सफल भयो भनेर धेरैले आश्चर्य व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार