Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कर्मचारी निकालिएको विराेधमा प्रदर्शन

कर्मचारी निकालिएको विराेधमा प्रदर्शन

आर्थिक पत्र
शुक्रवार, श्रावण ६ २०७९
  • भैरहवा । रुपन्देही मर्चवारी गाउँपालिकामा कर्मचारी निकालिएको भन्दै विराेध प्रदर्शन गरिएको छ । गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले साविकका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नियुक्त गर्न खोजेकाे भन्दै स्थानीय, करारका कर्मचारी तथा पूर्वजनप्रतिनिधिहरूले  शुक्रबार प्रदर्शन गरेका हुन् । 

    ५ वर्षदेखि सेवा गर्दै आएका पालिकास्तरका २८  जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिक अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशव नन्द बनियाले बताए ।

    प्रदर्शनकारीले कार्यालय अगाडि टायर बालेर नाराबाजी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार