Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उड कार्भिङ व्यवसायीको सीप परीक्षण राष्ट्रिय सीप परीक्षण समितिले गर्ने

उड कार्भिङ व्यवसायीको सीप परीक्षण राष्ट्रिय सीप परीक्षण समितिले गर्ने

आर्थिक पत्र
आइतवार, श्रावण २२ २०७९
  • भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समिति सानोठिमीले उड कार्भिङ व्यवसायीको सीप परीक्षण गर्ने भएको छ । समितिले सूचना प्रकाशित गरी उड कार्भिङलगायतका व्यवसायको सीप परीक्षण गर्ने जानकारी गराएको हो ।  

    उड कार्भिङ व्यवसायको लामो समयदेखि सीप परीक्षण रोकिएको थियो । अब सिमितले सीप परीक्षण गराउने भएको हो । भक्तपुर चेम्बर अफ कमर्ससँंग यसअघि व्यवसायीहरूले सीप परीक्षण रोकिएको विषयमा पहल गरिदिन अनुरोध गरेका थिए ।

    त्यसपछि चेम्बर अध्यक्ष न्हुँछेकाजी मानन्धरको संयोजकत्वमा चेम्बर पदाधिकारी तथा व्यवसायीहरूको टोलीले समितिमा पुगेर ध्यानाकर्षण गराएको थियो । समितिले वार्षिक तीन पटक सूचना जारी गरी सीप परीक्षण गराउने भएकाे छ । 

    भक्तपुर चेम्बर अफ कमर्सका कार्यालय प्रमुख राजुमान बज्राचार्यले व्यवसायीहरूको समस्या बारे आफूहरूले समितिको ध्यानाकर्षण गराएपछि उड कार्भिङ व्यवसायीको पनि सीप परीक्षण गर्ने सूचना प्रकाशित भएकोमा खुशी व्यक्त गरे । यसले व्यवसायीहरूको सीप विकासमा सहयोग मिल्ने विश्वाय व्यक्त गरे । 

    व्यवसायीहरूका अनुसार यो पेशा व्यवसाय गर्नेहरूको संख्या काठमाडौं ठूलो छ । तर, धेरैले सिप परीक्षणलाई वास्ता गरिरहेका छैनन् । यसले प्रमाणपत्रधारी व्यवसायीहरू निकै कम भएको व्यवसायीहरू बताउँंछन् । मठमन्दिरमा राखिने काठमा बुटा कोर्ने काम उड कार्भिङ व्यवसायीले गर्ने गर्छन् ।  

    297954387_5432588920120300_613182095508348323_n.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार