Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रचण्डको प्रतिबद्धता

अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रचण्डको प्रतिबद्धता

आर्थिक पत्र
शुक्रवार, भाद्र ३ २०७९
  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारी अस्थायी,  करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाएका छन् । 

    अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संघको माग पूरा गराउने विषयमा आफू सकारात्मक रहेको बताएका हुन् । 

    अस्थायी,  करार र ज्यालादारी कर्मचारीले आफूहरुलाई स्वतः स्थायी गरिनुपर्नेलगायतका माग पूरा गराउने विषयमा आफू प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ । 

    श्रमिकको हकहित र सामाजिक न्याय तथा उनीहरुको आत्मसम्मानका लागि आफूहरुले धेरै संघर्ष र बलिदान गरेको भन्दै उनले सामाजिक न्याय र सुरक्षाका लागि आवश्यकताका आधारमा संविधानलाई परिमाजर्नन र विकसित गर्नुपर्ने प्रचण्डको भनाइ छ ।  

    299972656_10216731743966075_4990640220410587193_n.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार