Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल र बेलायतबीच श्रम सम्झौता

नेपाल र बेलायतबीच श्रम सम्झौता

आर्थिक पत्र
सोमवार, भाद्र ६ २०७९
  • काठमाडौं । नेपाल सरकार र बेलायतबीच नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो श्रम सम्झौतामा नेपालका तर्फबाट श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले हस्ताक्षर गरेका छन् । 

    नर्ससहित ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने गरी श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ । 

    नेपाली स्वास्थ्यकर्मी छनोट, पदस्थापन, सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलमा रहेको र यससम्बन्धी सवै व्यवस्था जीटूजी मोडलमा हुनेछ । पहिलो चरणमा कम्तीमा एक हजार नर्स पठाउने गरी सम्झौता भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार