Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिशन’ स्थापना, कामदार रोमानिया पठाउन सहजीकरण गर्ने

श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिशन’ स्थापना, कामदार रोमानिया पठाउन सहजीकरण गर्ने

आर्थिक पत्र
शुक्रवार, भाद्र १० २०७९
  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उदेश्यले ‘रोमायिन मिशन’ स्थापना गरेको छ । 

    काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रुपमा रोमानियन मिशन स्थापना गरिएको मन्त्रालयले जनाएको छ । 

    ‘नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेको रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भीषा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौंस्थित श्रम तथा रोजगार कार्यालय, ताहाचलको परिसरमा अस्थायी रुपमा रोमानिया मिशन स्थापना गरिएको छ,’ मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् । 

    रोमानियाको भिसा लिन भारतको नयाँदिल्लीस्थित रोमानियाको दूतावास जानु पर्ने र त्यहाँ जाँदा कामदराको धेरै रकम खर्च हुने भएकोले समस्या समाधान गर्न रोमानिया मिशन स्थापना गरिएको उनले जनाए । 

    ‘मिशनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहाने नेपाली नागरिकहरुको भीसा आवेदन प्रक्रियाको सहजिकरण गर्नेछ,’ प्रवक्ता घिमिरेले भने, ‘रोमानिया मिशनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ ।’ 

    वैदेशिक रोजगारीको सन्दर्भमा रोमानिया जान चाहनलेले मिशनले तोकेको भीसा शुल्कबाहेक कहिँकतै कुनै प्रकारको रकम नबुझाउन उनले अनुरोध गरेका छन् । उनले अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सबैलाई अनुरोध गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार