Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अफगानिस्तान पठाईदिन्छु भनि ठगी गर्ने पक्राउ

अफगानिस्तान पठाईदिन्छु भनि ठगी गर्ने पक्राउ

आर्थिक पत्र
शुक्रवार, भाद्र १७ २०७९
  • काठमाडौं । अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२१ गितानगर घर भई  काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालीका सञ्चालक ३९ वर्षीय रविन्द्र अधिकारी छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

    मासिक एक लाख रूपैयाँ भन्दा बढी तलब हुने गरी अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ८ लाख रूपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए । 

    पीडितहरुको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ बसुन्धराबाट उनलाई पक्राउ गरेको हो । 

    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार