Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

लमजुङमा एक वर्षमा ४ सय ७१ जनाले पाए रोजगारी

लमजुङमा एक वर्षमा ४ सय ७१ जनाले पाए रोजगारी

आर्थिक पत्र
शुक्रवार, भाद्र १७ २०७९
  • लमजुङ । कोरोना महामारीले गर्दा बेरोजगार बन्न पुगेका युवायुवतीलाई लक्षित हुने गरी घरेलु तथा साना उद्योग कार्यालयले लमजुङका बेरोजगार युवायुवतीलाई सिप प्रदान गरेको छ । 

    कार्यालयले जिल्लाका आठ वटै स्थानीय तहका बेरोजगार युवायुवतीलाई विशेष प्राथमिकता दिँदै विभिन्न तालिम प्रदान गरेको हो ।

    जस अन्तर्गत १ महिने ड्राइभिङ तालिम सात दिने, अचार बनाउने तालिम, १५ दिने गुडिया बनाउने तालिम, यसै तीन महिने आधारभूत कम्प्युटर तालिम, १० दिने उद्यमशीलता विकाश तालिम,  दुई महिने आधारभूत सिलाई कटाई तालिम, १५ दिने चप्पल बनाउने तालिम र  दुई महिने अल्लोका सामाग्री बनाउने तालिम  प्रदान गरिएको थियो । 

    कार्यालयले जिल्लाका बेरोजगार ४ सय ७१ जना युवायुवतीलाई सिपमूलक तालिम प्रदान गरेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइन् । उक्त सिप प्राप्त गरे पश्चात् अधिकांश स्वरोजगार बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार