Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सुनको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजार ७०० ले घट्यो

सुनको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजार ७०० ले घट्यो

आर्थिक पत्र
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडाैं। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ।

    images

    मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार १ हजार ३०० रुपैयाँले घट्दै सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको थियो भने आइतबार २ हजार १०० रुपैयाँ बढेर प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो।

    सुनसँगै मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार १० रुपैयाँले बढेर चाँदीको मूल्य ४ हजार ८०५ रुपैयाँ र आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार