Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

मोटर बीमाको हिस्सा घटेर साढे २२ प्रतिशतमा झर्याे, सम्पत्तिको ३० प्रतिशत माथि उक्लियो

मोटर बीमाको हिस्सा घटेर साढे २२ प्रतिशतमा झर्याे, सम्पत्तिको ३० प्रतिशत माथि उक्लियो

आर्थिक पत्र
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । कुनै दिन निर्जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो व्यवसाय मानिएको मोटर पोर्टफोलियोको हिस्सा ह्वात्तै घटेको छ । निर्जीवन व्यवसायमा विगतमा मोटरको हिस्सा ३५ प्रतिशत माथि रहन्थ्यो । तर, चालु आर्थिक वर्षको साउनमा भने मोटरको हिस्सा २२.६४ प्रतिशतमा सीमित भएको छ । 

    images

    चालु आर्थिक वर्षको साउनमा मोटर बीमा मार्फत १ अर्ब २२ करोड २९ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । जुन निर्जीवनबाट संकलन भएको कुल बीमा शुल्कको २२.६४ प्रतिशत हुन जान्छ । 

    त्यसैगरी, सम्पत्ति बीमामा मानिसहरू आकर्षण हुँदै गएका छन् । बीमाकाे जनचेतना फैलँदै गएपछि सम्पत्तिको बीमा गर्नेहरू पनि बढेका हुन् । सम्पत्तिको बीमा अन्तर्गत साउनमा १ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ संकलन भएको छ । जुन कुल व्यवसायको ३०.६९ प्रतिशत हो । 

    त्यसैगरी, इन्जिनियरिङ तथा हेक्काको बीमा मार्फत ७५ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ । जुन १४ प्रतिशत हिस्सा हो । सामुद्रिक बीमाको हिस्सा ८ प्रतिशत रहेको छ । सामुद्रिक बीमा मार्फत साउनमा ४२ करोड ९१ लाख रुपैयाँ संकलन भएको छ । स्वास्थ्य बीमाको हिस्सा ६ प्रतिशत, कृषि तथा बालीको ३.५६, हवाई बीमाको २.४९ र लघु बीमाको हिस्सा १.३६ प्रतिशत रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार