Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

चार समस्याग्रस्त सहकारीका १०५ बचतकर्ताको रकम फिर्ता

चार समस्याग्रस्त सहकारीका १०५ बचतकर्ताको रकम फिर्ता

आर्थिक पत्र
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका १०५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

    images

    समितिका अनुसार शिव शिखर सहकारीका ३५ जना, ओरियन्टल को–अपरेटिभका २ जना, तुलसी सहकारीका १३ जना र कान्तिपुर सहकारीका ५५ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार