Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

वैदेशिक रोजगारीमा कुन वर्ष कति जनाले ज्यान गुमाए ?

वैदेशिक रोजगारीमा कुन वर्ष कति जनाले ज्यान गुमाए ?

आर्थिक पत्र
मंगलवार, भाद्र २८ २०७९
  • काठमाडौं।  रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको मृत्यु हुने संख्या बढ्दो छ । 

    वैदेशिक रोजगार वोर्डक अनुसार पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९३२ जनाको मृत्यु भएको छ । 

    उक्त अवधिमा सबैभन्दा बढीको मृत्यु गत आर्थिक वर्ष २०७८/७९ मा भएको थियो । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाले ज्यान गुमाएका थिए । 

    आर्थिक वर्ष २०६५/६६ मा वैदेशिक रोजगारीमा गएकामध्ये ७८ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०६६/६७ यो संख्या ४२१ रहेको थियो । 

    वोर्डका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना, २०६९/७० मा ७७२ जना, २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना र २०७२/७३ मा ८२६ जनाको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको थियो । 

    यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५८ जना, २०७४/७५ मा ८२६ जना, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२ जना, २०७७/७८ मा १ हजार २४३ जना र २०७८/७९ मा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ । 

    बितेको चौध वर्षमा ५० लाखभन्दा बढी नेपाली वैध तरिकाले वैदेशिक रोजगारीमा गएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार