Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

आर्थिक पत्र
बिहिवार, भाद्र ३० २०७९
  • काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ । 

    images

    वैदेशिक रोजगार विभागका अनुसार गत साउन महिनामा ४४ हजार ५४० जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 

    अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यो संख्या २२२.८ प्रतिशतले बढी हो । 

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउन महिनामा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार