Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अरुणिमामा रोजगार मेला सम्पन्न

अरुणिमामा रोजगार मेला सम्पन्न

आर्थिक पत्र
सोमवार, आश्विन ३ २०७९
  • काठमाडौं। भर्खरै कलेज पास गरेका बिद्यार्थीहरु र रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासँग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यले बौद्धस्थित अरुणिमा कलेजले सोमबार एक दिने रोजगार मेला आयोजना गर्यो । 

    कलेज परिसर बौद्धमा आयोजना भएको मेलामा २० कम्पनी र ६०० भन्दा बढी युवाहरुको सहभागिता थियो । मेलामा सहभागी कम्पनीहरुले आवेदकहरुको व्यक्तिगत बिबरणहरु संकलन गरि आफूलाई आवश्यक जनशक्ति चयनको प्रक्रिया शुरु गरेको बताए । 

    कार्यक्रमको उद्घाटन कलेज संचालन समितिका अध्यक्ष भिमानन्द ढुंगानाले गरेका थिए ।   

    एकदिने मेलामा सुचना प्रबिधि, बैंक तथा वित्तिय संस्था, फुड एण्ड बेभरेज, तयारि पोशाक, लजिस्टिक, अटोमोबाइल, शिक्षा लगायतका क्षेत्रका कम्पनीहरु सहभागी भएका थिए । 

    कलेजका प्राचार्य केशबराज जोशीले रोजगार मेलामा युवाहरुको उत्साहपूर्ण सहभागिताले कलेजलाइ हौस्याएको बताए । 

    ‘६०० भन्दा बढी युवाहरु मेलामा उपस्थिति भए र सहभागी कम्पनीका प्रतिनिधिहरुसँग आवेदन दिए । कम्पनीहरु पनि खुशी छन्,’ जोशीले भने, ‘कार्यक्रमको मुख्य उद्देश्य कलेज सकाएका र कामको खोजीमा रहेको युवाहरुलाइ रोजगारदाता कम्पनीहरुहरुसँग जोड्नु हो ।’ 

    त्यस्तै मेलाका संयोजक अनुप आचार्यले मेलामा सहभागी युवाहरु र रोजगारदाता कम्पनी दुबैलाई फलदायी भएको जनाए । उनले भने, ‘सहभागी कम्पनीहरुले आफूलाई चाहिने जनशक्ति छनौट प्रक्रिया शुरु गर्न पाए । भर्खरै कलेज सकाएका बिद्यार्थी र कामको खोजीमा रहेका युवाहरुले कर्पोरेट क्षेत्रमा काम कसरि हुन्छ नजिकबाट बुझ्न पाए ।’ 

    अरुणिमा कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिबिएस र बिसीए कार्यक्रम संचालन गरिरेको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार