Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी

खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी

आर्थिक पत्र
शुक्रवार, आश्विन १४ २०७९
  • काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनी आवेदन आह्वान गरेको हो । 

    योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ । कम्पनीले विभागीय प्रबन्धक २ जना, सह-विभागीय प्रबन्धक ६ जना, वरिष्ठ अधिकृत ६ जना अधिकृत १० जना,  वरिष्ठ सहायक १९ जना, अटो मिल मेकानिक्स १ जना, मिल अपरेटर १ जना र सहायक ६१ जना कर्मचारी आव्हान गरेको छ । 

    कात्तिक ३ गतेसम्म  अनलाइनमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । दोब्बर दस्तुर बुझाएर कात्तिक १० गतेसम्म आवेदन दिन सकिने छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार