Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

आर्थिक पत्र
आइतवार, कार्तिक २७ २०७९
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले रोजगारीको अवसर खुलाएको छ । माहानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै उद्यम विकास सहजकर्ता पदका लागि कर्मचारी मागेको हो ।

    महानगरपालिकले गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम सञ्चालन २०७७ को दफा ५ बमोजिम आर्थिक वर्ष २०७९र८० का लागि १ जना उद्यम विकास सहजकर्ता करारमा पदपूर्ति गर्ने महानगरले जनाएको छ ।

    उक्त पदमा आवेदन दिनका लागि प्राविधिक शिक्षा र व्यवसाय तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्स उत्तीर्ण गरेको वा सोही परिषद्बाट उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उत्तीर्ण गरेको वा परिषद्बाटै उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    इच्छुक तथा अनुभवी नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाण्डौं महानगरपालिका, समाजिक विकास विभागमा दरखास्त दिन महानगरपालिकले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार