Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआइसी एशिया लघुवित्तद्धारा २४ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

एनआइसी एशिया लघुवित्तद्धारा २४ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

आर्थिक पत्र
बुधवार, पौष २० २०७९
  • काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

    संस्थाले नायव कार्यकारी प्रमुख, सहायक प्रमुख कार्यकारी प्रमुख अधिकृत, सहायक प्रबन्धक (व्यवस्थापकिय श्रेणी), , कनिष्ठ अधिकृत, वरिष्ठ अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।

    त्यस्तै, सहायक प्रबन्धक (प्रदेश प्रमुख) पदमा २ जना, कनिष्ठ अधिकृत र सुपरभाईजर (आन्तरिक लेखापरिक्षण तथा जोखिम व्यवस्थापन) पदमा ९ जना, कनिष्ठ अधिकृत तथा सुपरभाइजर (आन्तरिक लेखापरिक्षण) पदमा ६ जना र कनिष्ठ अधिकृत (कानुन विभाग) पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले माघ ४ गते सम्ममा संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार