Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हाम्रो पात्रो हेल्थमा नगरपालिकाका डाक्टरसँग निःशुल्क परामर्श

हाम्रो पात्रो हेल्थमा नगरपालिकाका डाक्टरसँग निःशुल्क परामर्श

आर्थिक पत्र
बुधवार, माघ ४ २०७९
  • भक्तपुर। हाम्रो पात्रो एपको टेलिहेल्थ सेवामा नगरपालिकाका डाक्टरसँग निःशुल्क परामर्स गर्न सकिने भएको छ।

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले हाम्रो पात्रो हेल्थमार्फत् नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्ति, स्कुले बालबालिका , महिलाहरूलाई  नगरपालिका भित्रका डाक्टरसँग घरबाट  निःशुल्क परामर्श सेवा सुरु गरेको छ। 

    बुधबार एक कार्यक्रमबीच चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरका डाक्टर शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिएर सेवाको शुभारम्भ गरे।

    ‘नगरपालिकाको उद्देश्य अनुसार नगरवासीलाई स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्‍याउँछ भन्ने विश्वास लिएको छु’, उनले भने, ‘भौगोलिक तथा यातायातको समस्या रहेको हाम्रो जस्तो नगरमा वृद्धवृद्धा बालबालिका र शारीरिकरूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुनेछ।’

    नेपालका धेरै नगरपालिकाहरू हाम्रो पात्रो हेल्थ मार्फत् आफ्नो सेवा आफ्ना नगरवासीलाई उपलब्ध गराउन उत्सुक देखिएको हाम्रो पात्रोको संस्थापक/ सीईओ शंकर उप्रेतीले बताए।

    उनले आगामी दिनमा धेरै नगरपालिकाहरूले नगर भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलालाई  नगरपालिका भित्रका डाक्टरसँग  निःशुल्क परामर्श सेवा उपलब्ध गराउने बताए।

    ‘हाम्रो पात्रो हेल्थ’को माध्यमबाट एप्सले नगरपालिकाहरूले आफ्ना नगरबासी वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्ति, स्कुले बालबालिका  तथा महिलालाई  नगरपालिका भित्रका डाक्टरसँग घरबाट नै निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार