काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले रिक्त पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
कम्पनीले एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदमा ३ जना कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु पास उत्तिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले कम्पनीको इमेल surkhet@neco.com.np मार्फत आवेदन दिन सक्नेछन् ।

