Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन

नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन

आर्थिक पत्र
शुक्रवार, चैत्र २४ २०७९
  • काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

    सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो ।

    सेनाले रिक्त रहेका प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि आज एक सार्वजनिक सूचना जारी गर्दै आवेदन मागेको हो । सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गरेको छ ।

    योग्यता पुगेका नेपाली नागरिकले यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । आगामी वैशाख २३ गतेसम्म दर्खास्त दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार