Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

आर्थिक पत्र
शनिवार, बैशाख १६ २०८०
  • काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ ।

    कम्पनीले शुक्रवार १५औं एटीआर–७२ जहाज भित्र्याएको हो । 

    बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर १ महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    यससँगै बुद्ध एयरका १५ एटीआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर–७२ र ३ एटिआर–४२ जहाज छन् । यसअघि बुद्धसँग भएका २ बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो ।
         
    नयाँ जहाज थपिएपछि हाल दैनिक २ वटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ । त्यसैगरी संखुवासभाको तुम्लिङटारमा एटीआर–७२ जहाजबाट उडान भर्ने तयारी छ ।

    कम्पनीले छिट्टै थप एउटा नयाँ जहाज ल्याउन लागेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार