Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एकल महिला स्वरोजगार कार्यक्रमले राहत

एकल महिला स्वरोजगार कार्यक्रमले राहत

आर्थिक पत्र
शनिवार, बैशाख २३ २०८०
  • बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका जसदेवी छन्त्याल ३० वर्षमै एकल हुन पुगिन् । ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमानको मृत्यु भएपछि छन्त्याललाई छोरा र छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो । खेती किसानीले मात्रै परिवार पाल्न धौधौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आएकी छन् ।

    छन्त्यालले यस पटक भने वडा कार्यालयले सञ्चालन गरेको एकल महिला स्वरोजगार कार्यक्रममार्फत आफूलाई केही राहत भएको बताइन् । कार्यक्रमअन्तर्गत आफै उपभोक्ता समितिको अध्यक्ष भएर उनी वडाका अन्य महिलालाई समेत कार्यक्रममा सहभागी गराएर स्वरोजगार बन्न थालेकी छन् ।

    ‘छोराछोरी पाल्न मुस्किल, खेती किसानीबाट घर खर्च चलाउन धौ–धौ, कार्यक्रममार्फत एकल महिला मिलेर तीन स्थानमा पदमार्ग बनाइयो’, छन्त्यालले भनिन्, ‘एक जना एकल महिलाको हातमा यस पटक छ हजार पर्‍यो दुई महिनाको घर खर्च टर्‍यो, प्लाष्टिक टनेल समेत अनुदानमा दिएको छ ।’

    चालु आर्थिक वर्षमा कार्यक्रममा विनियोजित रु एक लाख बजेटबाट सय मिटर पदमार्गमा ढुङ्गा छपाइएको छ । वडाका एकल महिलाले आफँं ढुङ्गा बोकेर नर्जाखानी, पात्ले र भित्रिवनमा पदमार्ग मर्मत गरेका हुन् । एकल महिलालाई सामाजिक काममा सक्रियता बढाउन खोजिएको र आगामी आवमा उक्त कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन गर्ने तमानखोला गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।

    वडाध्यक्ष छन्त्यालका अनुसार नर्जाखानी, पात्ले र भित्रिवन गरी तीन वटा टोलमा छुट्टाछुट्टै पदमार्ग मर्मत तथा ढुङ्गा बिच्छाउने कार्य गरिएको हो । ‘घरमै सीमित एकल महिलालाई सामाजिक काममा सक्रिय गराउने र आयआर्जनमा जोड दिने गरी कार्यक्रममार्फत यस वर्ष १९ जनालाई रोजगारी दिइएको छ, उनीहरुले आफ्नै टोलमा पदमार्ग बनाएका छन्’, छन्त्यालले भनिन् ।

    अहिले वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सडक मर्मत, पदमार्ग निर्माण र ग्याविन जाली भर्ने काम भइरहेको छ । वडा कार्यालयले वडाको योजनाका लागि विनियोजित बजेटबाट निर्माण सामग्री खरिद गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम गराउँदा योजना प्रभावकारी बन्दै गएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार