Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

धमाधम कालोपत्र हुँदै हिले–छिन्ताङ त्रिवेणी सडक

धमाधम कालोपत्र हुँदै हिले–छिन्ताङ त्रिवेणी सडक

आर्थिक पत्र
बिहिवार, जेठ ११ २०८०
  • भोजपुर – कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।

    images

    पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको रु २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो । यो सातादेखि पहिलो चरणमा पाँच किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले जानकारी दिए।

    यो सडक खण्डको १० किलोमिटरमध्ये यो आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र गरिने महतोले बताए । निर्माण कम्पनी रायामाझी, आजादका प्रतिनिधि प्रेमकुमार मल्लले आगामी पुस महिनाभित्र १० किलोमिटर नै कालोपत्र सक्ने लक्ष्य रहेको सुनाए । वर्षात्को समयमा यो सडकमा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो । हिलेबाट त्रिवेणीसम्म करिब २६ किलोमिटर सडकमध्ये १० किलोमिटर कालोपत्र गर्ने लक्ष्यसहित २०७८ असोजमा यो सडकको शिलान्यास गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार