Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आदिपुरुषको आक्रामक बुकिङ, प्रदर्शन अघिसम्म ४ लाख टिकट बिक्री हुने प्रक्षेपण

आदिपुरुषको आक्रामक बुकिङ, प्रदर्शन अघिसम्म ४ लाख टिकट बिक्री हुने प्रक्षेपण

आर्थिक पत्र
मंगलवार, जेठ ३० २०८०
  • काठमाडौं, । चलचित्र आदिपुरुष रिलिज हुनुअघि नै चर्चामा रहेको छ । आउने साता ६५०० स्क्रिनमा रिलिज हुन लागेको यो मेगा फिल्मको फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । 

    यस्तो अवस्थामा फिल्मको अग्रिम बुकिङ सुरु भएको छ । यो चलचित्रलाई लिएर फ्यानहरुको उत्साह अग्रिम बुकिङबाट मात्रै थाहा पाउन सकिन्छ । 

    बुकिङ खुल्ला भएको मात्र २ दिनमा यस फिल्मको ४५ हजार टिकट बिक्री भएको छ । यो देखेर यो फिल्मले दर्शकको धेरै माया पाउने देखिन्छ ।

    आइतबारदेखि आदिपुरुषको अग्रिम बुकिङ सुरु भएको हो । त्यसपछि फ्यानले पनि टिकट किन्न ढिला गरेनन् । बक्स अफिस रिपोर्टका अनुसार यो मेगा फिल्मको पिबिआरवाट २१ हजार ५०० टिकट बिक्री भइसकेको छ भने आइनक्समा यो चलचित्रको १४ हजार ५०० टिकट बिक्री भइसकेको छ भने सिनेपोलिसमा ९ हजार टिकट बिक्री भइसकेको छ । 

    यसरी यो फिल्मका लागि सोमवारसम्म जम्मा ४५ हजार टिकट बिक्री भइसकेको छ । जसलाई उत्कृष्ट सुरुवात मानिएको छ । यसैबीच, बिहीबारको अन्त्यसम्ममा ३ लाख ५० हजार देखि ४ लाख टिकट बिक्री हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार