Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एनआईसी एशिया लघुवित्तद्वारा १५५ जना कर्मचारी माग

एनआईसी एशिया लघुवित्तद्वारा १५५ जना कर्मचारी माग

आर्थिक पत्र
बुधवार, आषाढ ६ २०८०
  • काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा १५५ जना कर्मचारी माग गरेको हो ।

    संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत तथा अधिकृतमा १८ जना, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदमा ३० जना र प्रशिक्षार्थीमा १०० जना कर्मचारी माग गरेको छ ।

    सस्थाले सबैभन्दा धेरै प्रशिक्षार्थी सहायकमा १०० जना कर्मचारी भर्ना गर्न लागेको छ । सो पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिनभित्र संस्थाको वेभसाईट  https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन  सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार