Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आदिपुरुषको आम्दानी हरिबिजोग, आठौं दिनमा कमाई ३.२५ करोड मात्रै

आदिपुरुषको आम्दानी हरिबिजोग, आठौं दिनमा कमाई ३.२५ करोड मात्रै

आर्थिक पत्र
शनिवार, आषाढ ९ २०८०
  • मुम्बई। आदिपुरुषमा हनुमानका केही संवादलाई फ्यानबाट तिखो प्रतिक्रिया आएको थियो, जसका कारण निर्माताले फिल्ममा धेरै परिवर्तनहरु गर्नु परेको थियो । सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आए पछि केही संबाद परिवर्तन गर्दैै आदिपुरुष निर्माताले २२ र २३ जुनको टिकटको रकम घटाउने उपहार दिइएका थिए ।

    तर, टिकटको कम मूल्यका बाबजुद पनि यी दुवै दिनमा सबैभन्दा बढी कमाईमा गिरावट आएको छ, जसले फ्यानहरूलाई स्तब्ध बनाउने छ। यसै क्रममा आदिपुरुषको आठौं दिनको कमाईको तथ्यांक सार्वजनिक भएको छ, जुन अचम्मको छ ।

    सचनिकको प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले आठौं दिन मात्र ३.२५ करोड कमाएको छ । जबकि कुल कमाई २६३.१५ करोड पुगेको छ । तर, आगामी दिनमा आदिपुरुषको कमाई हेर्दा यो फिल्मले भारतमा ३०० करोडको आँकडा पार गर्न सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी नै छ । तर बजेट बक्स अफिसबाट ५०० करोड कमाउनु त टाढाको कुरा हुनेछ ।

    पहिलो हप्ताको कमाईको कुरा गर्दा पहिलो दिन ८६.७५ करोड, दोस्रो दिन ६५.२५ करोड, तेस्रो दिन ६९.१ करोड, चौथो दिन १८ करोड, पाँचौं दिन १०.७ करोड, छैटौं दिन ७.२५ करोड सातौं दिनमा ४.८५ करोड कमाई गरेको थियो । 

    यसपछि पहिलो साता भारतमा फिल्मको कुल कमाई २५९.९ करोड पुगेको छ । जहाँ आदिपुरुषको विश्वव्यापी बक्स अफिसले ४०० करोड नाघेको छ ।

    जुन १६ मा रिलिज भएको आदिपुरुष रामायणबाट प्रेरित भएको बताइएको छ । जसका कारण रिलिज हुनुअघि नै फिल्मको चर्चा चर्किएको थियो । तर फिल्म रिलिज हुनेबित्तिकै संवाद र दृश्य 
    देखेर फ्यानको आक्रोश सातौं आकाशमा पुगेको छ । जहाँ २२ र २३ जुनमा टिकट सस्तो बनाउनुका साथै निर्माताले संवादमा पनि परिवर्तन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार