Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

साहरूख खानकाे 'जवान'ले पहिलाे दिनमा नै सय कराेड कमाउने प्रक्षेपण

साहरूख खानकाे 'जवान'ले पहिलाे दिनमा नै सय कराेड कमाउने प्रक्षेपण

आर्थिक पत्र
बिहिवार, आषाढ २८ २०८०
  • मुम्बई । एटली कुमार र शाहरुख खानको फिल्म ‘जवान’ यतिबेला सबैभन्दा बढी चर्चाको विषय बनेको छ । फिल्म ‘पठान’ पछि शाहरुखको यो वर्षको दोस्रो ठूलो फिल्म हो । 

    साउथका हिट निर्देशक एट्लीले निर्देशन गरेको फिल्ममा नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, योगी बाबु लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रिभ्यु र ट्रेलरले चर्चा पाएको छ । यस्तो अवस्थामा सेप्टेम्बर ७ शाहरुखका लागि निकै विशेष हुने विश्वास गरिएको छ ।

    फिल्मले ओपनिङ डेमै बम्पर कमाउन सक्छ । तर शाहरुखको फिल्म ‘जवान’ले कलेक्शन रेकर्ड बनाउन २१ दिन मात्र पाउनेछ । थाहा छ कसरी?

    एटली कुमार निर्देशित फिल्म ‘जवान’ले सुरुमा राम्रो प्रतिक्रिया पाइरहेको छ । शाहरुखको फरक अवतारलाई फ्यानहरुले रुचाइरहेका छन् । फिल्मको स्टारकास्ट पनि निकै प्रभावशाली छ । यस्तो अवस्थामा शाहरुखको ‘जवान’ ठूलो पर्दामा उनको फिल्म ‘पठान’ भन्दा एक कदम अगाडि बढ्ने विश्वास गरिएको छ ।

    ओपनिङ डे कलेक्सन १०० करोडभन्दा माथि जाने चर्चा छ । योसँगै रिलिजको पहिलो सातामै फिल्मले नयाँ कीर्तिमान बनाउने दाबी पनि भइरहेको छ । यी सबै बीचमा साउथका ठूला कलाकारहरु पनि शाहरुखसँग प्रतिस्पर्धा गर्न लाइनमा छन् ।

    सेप्टेम्बरको सुरुमा अर्थात ७ गते शाहरुख खान ‘जवान’ मार्फत थिएटरमा प्रवेश गर्दैछन् ।

    त्यसैगरी महिनाको अन्त्यमा २८ सेप्टेम्बरमा प्रभास आफ्नो फिल्म ‘सालार’ मार्फत दर्शकसामु आउनेछन् । अर्थात् शाहरुखको फिल्म ‘जवान’ले कमाई गर्न २१ दिन मात्रै पाउनेछ । 

    प्रशान्त नीलको फिल्म ‘सालार’ २२ औँ दिनमा प्रवेश गर्दैछ र दर्शकमा यसको निकै क्रेज रहेको छ । यसअघि नै फिल्मको राइट्स करोडमा बिक्री भएको खबर छ । यो फिल्मलाई प्रभासको कमब्याक फिल्मको रुपमा पनि हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार