काठमाडौं । नेपाली बजारमा नयाँ स्मार्टवाच सार्वजनिक भएको छ । कस्पेटको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले दुई मोडलमा स्मार्टवाच नेपाली बजारमा ल्याएको हो ।
जसअन्तर्गत कस्पेट म्याजिक थ्रीएस र कस्पेट ट्यांक एम-१ स्मार्टवाच छन् । यी नयाँ स्मार्टवाचको वारेन्टी एक वर्षको छ ।
यस स्मार्टवाचमा आईफोन तथा कुनैपनि एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गरेर स्मार्टवाचबाटै सिधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिनेछ ।
कस्पेट म्याजिक थ्रीएस स्मार्टवाचमा १.६९ इन्चको टिएफटी डिस्प्ले छ भने कस्पेट ट्यांक एम वानको डिस्प्ले १.७२ इन्चको छ ।
कम्पनीका अनुसार कस्पेट म्याजिक थ्रीएसको मूल्य ७,४९९ रुपैयाँ र कस्पेट ट्यांक एम वानको मूल्य ७,१९९ रुपैयाँ तोकिएको छ ।


