Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला

भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला

आर्थिक पत्र
मंगलवार, आषाढ २१ २०७९
  • चितवन। जिल्ला भित्रै रोजगारीका अवसर  सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले दुई  दिवसीय रोजगार मेला सञ्चालन गर्ने भएको छ ।

    images

    बुधवार देखी सुरु हुने उक्त मेला अबधीभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र  रोजगारी  गर्न  इच्छुकको  तथ्याङ्क  सङ्कलन  गर्नेलगायतका कार्यहरु गरिनेछ ।

    ६० वटा स्टल रहने उक्त मेलामा चितवनका  सातवटा  स्थानीय  तहका रोजगार प्रतिनिधिहरु,  जब  लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रको स्टल रहने छन भने मेलालाई उद्योग वाणिज्य संघ चितवन, चितवन होटल व्यवसायी महासघ,  रत्ननगर  उद्योग वाणिज्य संघ र चितवन चेम्बर अफ कमर्ससँगले सहकार्य गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

    महानगरपालिकाका  प्रमुख  प्रशासकीय  अधिकृत  रामबन्धु  सुवेदीका अनुसार जिल्लाभित्र  हुने  विकास  निर्माणको  काममा  आवश्यक  कामदार  अहिले  पनि  भारतबाट  ल्याउनुपर्ने  बाध्यता रहेको अवस्थामा बुधवार देखी सुरु हुने मेला उपयोगी हुने बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार