Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

खल्तीले ल्यायो वल्डलिंकको भुक्तानीमा नाम्मीको इभी कार जित्ने अफर

खल्तीले ल्यायो वल्डलिंकको भुक्तानीमा नाम्मीको इभी कार जित्ने अफर

आर्थिक पत्र
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं। नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैंको दोस्रो च्याप्टर घोषणा गरेको छ। यस योजना अन्तरगत खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गरी नाम्मीको इभी कार जित्न सक्नेछन्।

    images

    असोज ३० देखि पुष १० सम्म लागु हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वल्डलिंक इन्टरनेट को बिल भुक्तानी गरी नाम्मीको इभी कार जित्न सक्ने छन्। यसका साथै, प्रयोगकर्ताहरूले हरेक हप्ता Samsung को प्रडक्ट जित्न सक्नेछन् भने boAt का प्रडक्टहरूमा ५३% सम्मको अनि Samsung का प्रडक्टहरूमा ३९% सम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् ।

    यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ। यस योजना अन्तरगत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा ¥याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको छ र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्र का लागि छनोट हुनेछन्।

    गत दसैँमा ‘खल्तीबाट वल्डलिंकको भुक्तानी गरेर दुबई घुमौँ रमेर’ अफर मार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यस पाली ‘गाडी चढौँ सरर’ अफरमा भ्ख् जित्ने मौका रहेको छ।

    खल्तीले आफ्नो ‘खल्ती फुल दसैँ’ योजना अन्तरगत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ।

    खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले चाडपर्वको अग्रिम शुभकामना दिँदै भर्खरै २९ औं वार्षिकोत्सव मनाएको वल्डलिंकको इन्टरनेट भुक्तानीमा आकर्षक उपहारहरू सहित बम्परमा नाम्मीको इभी कार रहेको खल्तीफुल दसैँ योजना घोषणा गरेका छन्। सबै प्रयोगकर्ताले धेरै भन्दा धेरै कारोबार गरी खल्ती फुल हुने अफरहरू रहेको ‘खल्ती फुल दसैँ’ योजनाबाट लाभान्वित हुने कुरामा खल्ती परिवार विश्वस्त रहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार