Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

मोटरसाईकलमा लुकाएको लाखौंको चाँदीको गहनासहित भारतीय पक्राउ

मोटरसाईकलमा लुकाएको लाखौंको चाँदीको गहनासहित भारतीय पक्राउ

आर्थिक पत्र
शुक्रवार, कार्तिक ९ २०८१
  • रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले लाखौं मूल्य बराबरको अबैध चाँदीको गहना र मोटरसाईकल सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।

    images

    पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद ८ असोगीका ६२ बर्षीय चन्देश्वर साह सोनार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले शुक्रवार आज सार्वजनिक गरेका छन् ।

    सीमावर्ती भारतीय बजार बैरगनिया बाट विआर ३० एफ ६६३५ नम्बरको मोटरसाईकलमा बिहीवार साँझ आउँदैगरेका साह माथी गौर भन्सार कार्यालय अगाडी शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा उनले मोटरसाईकलको ट्याङ्की मुनी प्लास्टिकमा लुकाएर राखेको कुल ७ लाख ७७ हजार ९२० रुपैयाँ बराबरको 

     ७ किलो १८७ ग्राम चाँदीको बिभिन्न किसिमका गहना बरामद गरिएको प्रवक्ता रायले बताएका छन्। गहना र मोटरसाईकल समेतको कुल ८ लाख २७ हजार ९२० रुपैयाँ ८८ पैसा मूल्याङ्कन सहित आज आरोपी साहलाई गहना मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार