Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

टाटा गुरुहरूलाई 'BS-6' प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

टाटा गुरुहरूलाई 'BS-6' प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

आर्थिक पत्र
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं । नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धि गर्न बीएस–६ (भारत स्टेज–६) प्रविधिसम्बन्धी तालिम सञ्चालन गरेका छन्।

    images

    कार्तिक १५ गतेदेखि सुरु भएको उक्त तालिम कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ। देशका विभिन्न १४ स्थानमा आयोजना भइरहेको तालिम हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगञ्जमा सञ्चालन गरिने कम्पनीले जनाएको छ।

    तालिममा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक तथा इलेक्ट्रिसियन अर्थात् टाटा गुरुहरूलाई आधुनिक सवारी प्रविधि र बीएस–६ प्रणालीसम्बन्धी प्राविधिक ज्ञान तथा सीप प्रदान गरिनेछ।

    प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ प्रणालीबारे जानकारी दिइनेछ। यस्तै, बीएस–६ इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ईसीयू र एक्टुएटरको कार्यप्रणालीबारे पनि प्रशिक्षण दिइने कार्यक्रम छ।

    यसैगरी, सवारीसाधनको उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत एससीआर तथा एलएनटी सिस्टम, तिनका कम्पोनेन्टको पहिचान र कार्यप्रणाली, सर्किट विश्लेषण तथा रिजेनेरेसन प्रक्रियाबारे प्रशिक्षण दिइनेछ। डायग्नोस्टिक टुल्सको प्रयोगबाट सवारीसाधनमा देखिने प्राविधिक समस्या पहिचान तथा समाधान गर्ने सीपसमेत प्रदान गरिने कम्पनीले जनाएको छ।

    यस तालिमले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको प्राविधिक ज्ञान, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। आधुनिक सवारी प्रविधिसँग प्राविधिक जनशक्तिलाई परिचित गराउँदै गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार